coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१९ वर्षीय युवाले बनाए ब्याक गेयरसहितको बाईक

तस्बिरः आफै बनाएको इलेक्ट्रोनिक बाईकको ‘डेमो’ प्रदर्शन गर्दै सागर पोख्रेल।

सानो छँदा कागजका खेलौना बनाउने अर्घाखाँचीका सागर पोख्रेलले अहिले कबाडी बटुलेर गुड्ने बाईक बनाउन सफल भएका छन्। १९ वर्षीय युवाले ब्याक गेयरसहितको बाईक बनाएका हुन्। सन्धिखर्क नगरपालिका–१, म्यालपोखरीका पोख्रेलले ब्याक गेयरसहितको इलेक्ट्रोनिक बाईक निर्माण गरेका हुन्।

बुटवलमा कक्षा १२ मा अध्ययनरत पोख्रेल बिदामा घर आएका बेला कुनै तालिम बिना इलेक्ट्रोनिक बाईक बनाएका हुन्। कबाडीमा खेर जाने वस्तुसँगै बाईकलाई चाहिने अत्यावश्यक वस्तु बजारबाट खरिद गरी उनले यो बाइक बनाएको उनले बताए। ‘अलीअली सामान खरिद पनी गर्नुपर्‍यो, पोख्रेलले भने,‘अधिकांश सामग्री आफै जोहो गरेको हुँ।’ कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सक्ने उनको भनाई छ।

बाईक कसरी गुड्छ होला? यसमा केके सामान प्रयोग गरिन्छ होला भन्ने कौतुहलता हुने पोख्रेलले बाईक सम्बन्धी युटुबबाट ज्ञान लिए। त्यसपछि आफै बनाउने प्रयत्न गरे। उनले आफै निर्माण गरेको इलेक्ट्रोनिक बाईकको सन्धिखर्क टुँडिखेलमा सफल ‘डेमो’ प्रदर्शन गरिएको छ। एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाईक टुँडीखेलमा दौडाएका छन्। सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुर बिक लगायतको उपस्थितीमा उनले बाईकको ‘डेमो’ प्रदर्शन गरेका हुन्।

बुटवलको नविन औद्योगिक कदर बहादुर स्कुलमा अध्ययनरत पोख्रेलले यसअघि पनि उनले घरायसी वस्तुको प्रयोग गरी जेसिभी र भ्याकुम निमार्णको पनि प्रयास गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७८ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App