८ वैशाख २०८१ शनिबार
समाज

हत्या गरि फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

सुपारी लिई एक व्यक्तिको हत्या गरी फरार रहेका महाराजगन्ज नगरपालिका वडा नम्बर ८ बन्जरियाका ४३ बर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय ११ वर्ष पछि पक्राउ परेका छन्। प्रहरीले तौलिहवा स्थित प्रशासन चोक नजिकै भाडामा बस्दै आएको उनलाई गत कार्तिक १९ गते त्यहीबाट पक्रेको हो।

२०६७ असोज ३१ गते दुर्गाभग्वती मुर्ति सेलाउने क्रममा कपिलवस्तु साबिक भलवारी गाबिस ८ सानो भलवारीमा उनिसहित ३ जना मिलेर मुनिम भन्ने सिताराम पासीलाई गोली हानी हत्या गरेका थिए। यस अघि नै सो घटनामा छेदी यादव  २०६८ भदौ ४ र हरिहर कुर्मी २०६८ असोज २४ गते पक्राउ परेका थिए।

मृतक सिताराम पासीसंग हरिहर कुर्मी र भोलानाथ उपाध्यायको जग्गाको विषयमा विवाद थियो। ३ जना अभियुक्तले सितारामलाई मार्न भनी एक लाख रुपैया सुपारी समेत दिएको खुलेको प्रहरी उपरिक्षक कार्कीले बताए। दुर्गा मुर्ति सेलाउँदा ३ जना अभियुक्तले मृतक सितारामलाई ट्याक्टर समेत चलाउन लगाएका थिए। त्यही २ जना  सुपारी लिएकाले सितारामलाई गोली हानी फरार भएका थिए। पक्राउ परेको उपाध्ययालाई अदालतको आदेश अनुसार कारागार पाठईने प्रहरी उपरीक्षक कार्कीले बताए।  

साढे ३ महिनामा ४ सय ७३ फरार अभियुक्त पक्राउ  

प्रहरीले चालु आर्थिक वर्ष २०७८/०७९ अन्र्गत चलाएको फ्याप अभियानमा ४ सय ७३ जना फरार अपराधी र प्रतिबादी पक्राउ परेका छन्। कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ गर्नेमा रेकर्ड नै कायम गरेको हो।

कार्तिक १५ गतेसम्म लुम्बिनी प्रदेशमा कुल ६ सय १५ जना पक्राउ परेको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए। लुम्बिनी प्रदेशको १२ जिल्लामा पक्राउ परेका ६ सय १५ मध्ये ४ सय ७३ जना कपिलवस्तुमा पक्राउ परेको हुन्। अभियानका कारण १ सय ५० बर्ष ६ महिना १० दिन कैद असुल उपर भएको छ। 

यस्तै २८ लाख ८९ हजार ८४३ रुपैया जरिवाना असुल भएको प्रहरी उपरीक्षक कार्कीले बताए। फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयमा तीब्रता आएको उनले बताए। यस्तै अभियुक्तहरु आफै बकपत्रकालागि उपस्थित समेत हुन थालेका छन्।

प्रकाशित: २२ कार्तिक २०७८ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App