१६ चैत्र २०८० शुक्रबार
समाज

श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा कपिलवस्तु महाराजगंज नगरपालिका ११ बाबा बनगाईका ४५ वर्षीय राम केवल लोनिया पक्राउ परेका छन्। पर पुरुषसंग अवैैध सम्बन्ध रहेको आशंकामा आबेगमा आएर उनले आफनी श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी शवलाई जंगलमा फालेका थिए।

गत कार्तिक १९ गते बुद्धभुमी नगरपालिका वडा नम्बर ९ डुमरा चोकबाट रामकेवल पक्राउ परेका हुन्।  गत असोज १७ गते बुद्धभूमी नगरपालिका ९ चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मृतक चिन्काको कंकाल फेला परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए।

मृतक चिन्का गत भदौ १५ गते घरबाट बेपत्ता भएकी थिईन्। घटना स्थलबाट  मानिसको खप्पर, हड्डी हरियो रङको एक जोर चप्पल, साडी फेला परेका थियो। श्रीमतीको हत्या पछि पनि अभियुक्त रामकेवल फरार भएका थिए। प्रहरीले घटनाको अनुसन्धान सूरु गरे पछि उनी नेपाल भारत सिमा क्षेत्रमा लुक्दै आएका थिए।

प्रहरीले फेला परेको चप्पल र साडी देखाएपछि अभियुक्तकी १८ वर्षीया छोरी पुनिताले सो सामान आफ्नै आमाको भएको सनाखत गरेका थिइन्। ‘गाउँले र घर परिवारले पनि हत्या रामकेवलले नै गरेको बताएका थिए।, ’ प्रहरी उपरिक्षक कार्कीले भने।

श्रीमान र श्रीमतीबीच दिनहुँ जसो कलह र झैझगडा हुने गरेको थियो। अभियुक्तले श्रीमतीसंग संबन्धबिच्छेद गर्न भन्दा नमाने पछि योजनाबद्धरुमा हत्या गरिएको प्रहरी उपरिक्षक कार्कीले बताए। घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए। अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दा चलाई घटनाको अनुसंधान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित: २२ कार्तिक २०७८ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App