लामो समय देखि समाज सेवामा सक्रिय सुरेश पन्थले स्थानीयको सक्रियतामा सम्मान थापेका छन्। सामाजिक क्षेत्रमा स्थानीयसँग हातेमालो गर्दे आएका पन्थलाई मधुवन नगरपालिकाका जनप्रतिनिधि र स्थानीय युवाले प्रमाण पत्र सहित सम्मान गरेका हुन्।
यूवाका लागि खेलकुद,प्राबिधक बिद्यालय संचालन र कोरोना कहरमा स्वास्थ्य सामाग्री निजी खर्चमा फन्ट लाईनर स्वास्थ्य सामाग्री वितरण ठूलो लगानी गरेकाले पन्थलाई स्थानीयले स्मरण गर्छन्। यूवाको लागि खेलकुद अभियानलाई सार्थक बनाउँन दिपावलीको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगितामा खेलाडीका लागि ड्रेस सहयोग पन्थले गरेका थिए।
लामो समयदेखि जिल्लाको हरेक क्षेत्रमा पन्थ उच्च योगदान रहेको भन्दै सम्मान गरिएको मधुवन ४ का वडा सदस्य ईन्द्र शाहीले बताए। मधुवन नगरपालिका ४ मा स्थाई बसोबास गर्ने उनलाई बिपन्नको औषधि गर्न र विकासका हरेक गतिबिधिमा अग्रणी भूमिका लामो समय देखिएकाले योगदान रहेकाले माओवादीका नेता समेत रहेका पन्थलाई सम्मान गरिएको जनजागृति यूवा क्लबका अध्यक्ष राम बहादुर बुढाले बताए।
प्रकाशित: २१ कार्तिक २०७८ १२:१२ आइतबार