८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुर गोल्मढीका चारजना जुवाडे पक्राउ

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीस्थित राजेश खायमलीको किराना पसलमा तास खेलिरहेका चार जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ।

खायमलीले बनाएको जस्ताको १ तल्ले टहरामा किराना पसलभित्र हारजित हुने गरी तास खेलिरहेका सञ्चालकसहित जुवाडेहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

पसल मालिक भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढी बस्ने वर्ष ३८ का राजेश खायमली (किराना पसल संचालक) र सोही स्थान बस्ने अरु तीन जना वर्ष ४५ का बलराम ग्वाछा, वर्ष ३६ का प्रबिन ग्वाछा र वर्ष ४९ का रविन श्रेष्ठ पक्राउ परेको महानगरीयि प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सी.को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा जस्ताको १ तल्ले टहराभित्र उनीहरु हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। उनीहरुबाट तीन बुक ताससहित नगद रु. उनान्सत्तरी हजार सात सय पचास रुपैयाँसमेत बरामद गरेको परिसरका सूचना अधिकृत गिरीले जनाए। उनीहरुलाई हाल महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा राखिएको छ।

खायमलीले १ तल्ले जस्ताको टहरा बनाई किराना पसल संचालन गर्दै आईरहेको र उक्त पसलभित्र रातको समयमा पैसाको हारजित हुने गरी तास (जुवा) खेलाउने गरेको समेत अनुसन्धान क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App