१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खेलकुदजन्य गतिविधि गर्न र देउसी खेल्न नपाईने

हिन्दु नेपालीको दोस्रो पर्व तिहारको पुर्वसन्ध्यामा जिल्लाभर खेलकुदजन्य गतिविधि सञ्चालन भइरहेको बेलामा जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिमलाई देखाउँदै मेलापर्व र देउसीभैलो खेल्न रोक लगाएको छ।

जिल्लामा कोरोना संक्रमतिको संख्या थपिदै जान थालेपछि सरोकारवाला निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायतको सुझावको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले देउसीभैलो खेल्न, भेला भई गरिने शुभकामना आदानप्रदान,खेलकूद लगायतका क्रियाकलाप सञ्चालन नगर्न समेत निर्देशन गरेको प्रशासनले जनाएको छ।

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए।

‘यसवर्ष पनि देउसीभैलोमा रोक लगाइएको छ,‘स्थानीय तहले समेत रोक लगाएकाले गाउँगाउँमा समेत समुदायलाई खेल्न नदिन अपिल गरेका छौ’ पौडेलले भने। निर्णयको अटेर गरी खेलेमा सूचना समेत दिन अनुरोध गरेका छन्। बेनी नगरपालिका सहित जिल्लाभर विभिन्न स्थानमा मेलापर्व सञ्चालन भइरहेको अवस्थामा सूचना जारी गरेपनि पूर्णरुपका कार्यान्वयन हुनेमा समेत आशंका गरिएको छ।

सदरमुकाम नजिकैको गाउँ सहित जिल्लाभर स्थानीय तहको अनुमतिमा मेला सञ्चालन भइरहेको अवस्थामा प्रशासनको निर्णय कार्यान्वयनमा समस्या आउने देखिएको छ। ‘अनुमति दिएर तयारीमा जुटेका आयोजकले कम्तिमा एक साता अगाडी नै सूचना दिनुपर्ने भन्दै सञ्चालन गरेको मेला स्थगित गर्न नसकिने बताएका छन्। विगतमा समेत कोरोनाको जोखिमलाई मध्यनजर गरी प्रशासनले मेलापर्वमा गरेको कडाई प्रभावकारी हुन सकेको थिएन।

प्रकाशित: १५ कार्तिक २०७८ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App