८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ।

सोही क्रममा झापाको भद्रपुरमा ५, मेचीनगर, कनकाई र विर्तामोडमा ४–४, दमक र अर्जुनधारामा ३–३, हल्दिबारी, बाहृदशी, गौरादह र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ११, धरानमा ४ र इनरुवामा १, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २–२, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा शुक्रबार १ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९६ महिला र ८४ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७८ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App