coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डुंगा पल्टिँदा एक बालकको मृत्यु एक बेपत्ता

महाकाली नदीमा डुंगा पल्टिँदा एउटै घरका दुई बालकमध्ये एउटा शव फेला परेको छ भने उनका भाई बेपत्ता रहेको प्रहरीले जनाएको छ। शिवनाथ गाउँपालिका १ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो। 

मृत्यु हुने र बेपत्ता हुने एकैघरका दिदीभाई रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। चक्रसिंह साउँदकी करिब १३ वर्षीया छोरीको शव फेला परेको र ८ वर्षीय छोरा बेपत्ता रहेका उनले बताए। उनीहरुको नाम भने खुल्न सकेको छैन।

चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दसंैमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ। गाउँपालिकाले कोभिडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरे पनि स्थानीयहरुले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले  बुधबार साँझ १० जना सवार डुंगा महाकालीमा पल्टिएको ती मध्ये ८ जना सकुशल रहेको जानकारी दिए। बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App