८ वैशाख २०८१ शनिबार
समाज

एभरेष्ट साप्ताहिकका सम्पादकको खोटाङमा भीरबाट खसेर मृत्यु

मृतक पत्रकार किसन राई।

धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका किसन राईको खोटाङमा भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट हिजो साँझ करिब ५ बजेतिर खसेर पत्रकार राईको मृत्यु भएको हो। खोटाङका डिएसपी उमेश लम्सालका अनुसार घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब ९ किलोमिटर टाढा पर्छ।  

साथीहरुसँग गाडीमा खोटाङ, भोजपुर हुदै धरानतर्फ आइरहेका राई ट्वाइलेट जाने क्रममा भीरबाट खसेको डिएसपी लम्सालले जानकारी दिए। उनले भने, ‘नयाँ ठाउँ भएर पनि होला भेउ पाउनु भएनछ। भीरबाट करिक २ सय मिटर तल खसेर मृत्यु भएको छ।’  

मृतकको शव हस्पिटलमा राखेको र थप अनुसन्धान भइरहेको खोटाङ प्रहरीले जनाएको छ। आफन्तहरु आएपछि शवको पोष्टमार्टम गर्ने डिएसपी लम्सालले बताए। घटना करिब ५ बजे तिर भएको थियो। प्रहरीले भने करिब७ बजेतिर खबर पाएको थियो। 

घटनाबारे जानकारी पाएपछि इन्स्पेक्टरको टोली गएको र मृतकको शव आज बिहान २ बजे मात्र जिल्ला सदरमुकाम लगेको थियो।  मृतक पत्रकार राई गत साता हङकङबाट नेपाल आएका थिए। उनी पश्चिम नेपाल भ्रमण गरेर खोटाङ हुदै भोजपुरतर्फ आउने क्रममा यो घटना भएको हो। 

मृतक राई धरानमा रहदा ज्ञानोदय बोर्डिङ स्कुल पनि सञ्चालन गरेका थिए। हङकङ गएपछि दुई दशकदेखि नेपाली भाषाको पत्रिकार एभरेष्ट प्रकाशन, सम्पादन गरिरहेका थिए। यो पत्रिका विदेशी भुमिबाट लामो समय प्रकाशन हुने एक मात्र पत्रिका हो। मृतक राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्षलगायत संघसंस्थाहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरेका थिए। हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थियो।

प्रकाशित: ८ कार्तिक २०७८ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App