८ वैशाख २०८१ शनिबार
समाज

डोल्पाको भेत्तिमा जीप दुर्घटना: नाै जना घाइते, दुईको अवस्था गम्भीर

सदरमुकाम दुनैबाट त्रिपुासुन्दरी नगरपालिका ३ सुँपानीतर्फ आउदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना यात्रु घाइते भएका छन्।

घाइते हुनेहरुमा मकवानपुर जिल्ला हैटौडा नगरपालिका ९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय असोक सारुमगर,११ बस्ने २२ वर्षीय बुद्दबिर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ,४ बस्ने ३८ वर्षीय रमेश गौतम १० बस्ने ३६ वर्षीय शुसिल राज गिरी ९ बस्ने ३१ वर्षीय जिवन शर्मा ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका ९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन्।

भे १ ज ९७५ नंको बोलेरो जीप ठूलीभेरीनपा ९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अंदाजी १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। घाइतेहरु मध्य विष्णु श्रेष्ठ असोक सारुमगर र बुद्दबिर लामाको हात मुख र खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको बताइएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App