१९ मंसिर २०७८ आइतबार
समाज

धनुषा र सर्लाहीका एसपीको काज सरुवा

धनुषामा कार्यरत एसपी प्रकाश राणभाट्ट। सर्लाहीमा कार्यरत एसपी सन्तोष सिंह राठौर।

प्रहरी प्रधान कार्यालयले धनुषा र सर्लाहीका प्रहरी प्रमुख(एसपी)को काज सरुवा गरेको छ। धनुषामा कार्यरत एसपी प्रकाश राणभाट्ट र सर्लाहीमा कार्यरत एसपी सन्तोष सिंह राठौरलाई काज सरुवा भएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले सर्लाहीमा एसपी कृष्ण प्रसाईं र धनुषामा एसपी बसन्त रजौरेलाई पठाइएको छ। प्रसाईं यसअघि प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत थिए।

बिहीबार जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बन्धक बनाएर नगर घुमाउँदा प्रहरी रमिते बनेका थिए। यस घटनामा प्रहरीको कमजोरी औल्याउँदै धनुषा प्रहरी प्रमुख एसपी राणभाट्टलाई परिवर्तन गरिएको प्रहरी स्रोतले बतायो।

यसैबीच सर्लाही जिल्लामा गैरकानूनी कार्य नियन्त्रणमा प्रहरीको हस्तक्षेप कमजोर देखिएको भन्दै आलोचना भैरहेको थियो। चोरी तस्करी नियन्त्रणमा प्रहरीको भूमिका कमजोर देखिएको गुनासो बढ्न थालेपछि यहाँ कार्यरत एसपी राठौरलाई काज सरुवा गरिएको बताइएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App