८ वैशाख २०८१ शनिबार
समाज

घाँस काट्न गएका दिदी–भाइ बम विष्फोटमा घाइते

घाँस काट्न जंगलमा गएका दुई दिदी–भाइ बम विष्फोटमा परेर शनिबार घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक वनमा घाँस काट्न गएका दिदी–भाइ बेवारिसे बम विस्फोट हुँदा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं ६ का २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश परियार घाइते भएका हुन्। ‘घाँस काट्ने क्रममा बम विष्फोट भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले भने, ‘दुबैको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ।’ बम विष्फोटमा परेर घाइते भएका दिदी–भाइ खतरामुक्त छन्।

दिदी–भाइ शनिबार बिहान १० बजेतिर घाँस काट्न वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवा सामुदायिक वनमा गएका थिए। ‘घाँस काट्दै गरेको समयमा पौने ११ बजे बम विष्फोट भयो,’ उनले भने, ‘त्यस क्षेत्रमा अरु पनि बम हुन सक्ने आशंका गरिएको छ, खोजतलास गर्छौं।’

बम विष्फोट भएको क्षेत्र नेपाली सेनाले तालिमे जवानहरुलाई फायर गर्न सिकाउने ठाउँ हो। सँगै सडक विभागले विष्फोटक पदार्थहरु नष्ट गर्नका लागि यो ठाउँ प्रयोग गर्छ।

प्रकाशित: ६ कार्तिक २०७८ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App