१५ चैत्र २०८० बिहीबार
समाज

हामी डलर लिएर संस्था चलाउँदैनौं :अध्यक्ष खरेल

धेरै एनजिओ–आइएनजिओहरु विदेशी डलरको सहयोगमा चलिरहेको आरोप लागिरहेको बेला मानव अधिकारसँंगसम्बन्धी एउटा संस्थाले भने डलर अस्वीकार गरेको जनाएको छ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानी प्रसाद खरेलले विदेशी डलरलाई अस्वीकार गरी आफूहरुले प्रतिष्ठान चलाइरहेको जनाएका हुन्।

‘हामीलाई अरु मानव अधिकार संगठनहरुलाई जस्तै डलर दिन ल्याउँंछन्, तर हामीले अस्वीकार गर्दै आएका छौं’, अध्यक्ष खरेलले दावी गरे, ‘हामीले सदस्यता शुल्क र स्वदेशी दाताहरुको सहयोगबाटै संस्था चलाइरहेका छौं।’  

प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको शनिबार भएको छैटौं साधारण सभामा उनले पछिल्लो समय मात्रै आफूहरुलाई पनि दुई करोड रुपैयाँंको प्रस्ताव आएको तर भारतीय राजदूतावासलाई लिन नसक्ने व्यहोरासहितको पत्र लेखेर पठाएको दावी गरे।

सदस्यहरुको सदस्यता शुल्क र मनकारी नेपालीहरुको सहयोगबाट आफनो संगठन चलेको उनको दावी छ। नेपालमा एक सय ५० वटाको हाराहारीमा मानव अधिकार संगठनहरु रहेको तर ती मानव अधिकार संगठनहरुमध्ये आफूहरुले विदेशी पैसा नलिएको उनको भनाइ छ।

उनले स्वदेशी सहयोग भने लिएको खुलाए। स्थानीय स्तरमा जिल्ला संगठनहरुले नगरपालिका, जिल्ला समन्वय समिति, गाउँपालिका आदिसँंग सहयोग लिएर कार्यक्रम गर्न छुट दिएको उनले बताए। स्थानीयस्तरमा जिल्ला प्रतिष्ठानहरुको काम प्रभावकारी देखेर स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरुले वजेट दिएर काम गर्न दिए गर्न सकिने उनले जनाए।  

उनले प्रतिष्ठानमा कर्मचारीबाहेक कसैले पनि एक पैसा कहीकतैबाट नपाउने बताए। ‘अहिले हामी भक्तपुरको सुदुरपूर्व यस ठाउँंमा जिल्ला अधिवेशनमा पुगेका छौं, यहाँंसम्म पुगेबापतको ट्याक्सी खर्च यताउता भनेर हामी संस्थासँंग एक पैसा पनि लिंदैनौ, आफनै व्यक्तिगत खर्चबाट आउँंछौं’, उनले भने।

साधारणसभामा जिल्ला कोषाध्यक्ष प्रभा थापाले पनि जिल्लामा केन्द्रको निर्देशनअनुसार कुनै विदेशीले दिएको सहयोग नलिई आफनो सदस्यहरुको सदस्यता शुल्क र स्वदेशी दाताहरुको सहयोगबाट जिल्ला संगठन चलेको जानकारी गराइन्। उनले जिल्ला प्रतिष्ठानमा सदस्यता शुल्कबाट सात हजार ५० र एकजना सहृदयीले दिएको १५ हजार गरी कूल २२ हजार ५० रुपैयौ आम्दानी रहेको जनाइन्। कूल आम्दानीमध्ये २० हजार चार सय ६५ रुपैयाँं खर्च भइसकेको र अब बाँंकी दुई हजार ५० रुपैयाँं संस्थाको बचत भएको उनले बताइन्।

संस्थाले कार्यक्रम गर्नुपर्दा पनि पदाधिकारीहरुबाट उठाएर चलाउने गरेको उनले सुनाइन्। साथै शनिबार कार्यक्रम हुँंदा पनि नखाः छें रेष्टुरेन्ट हेलमेट डाँंडा (जितपुर जाने बाटो)ले चिया खाजाको प्रायोजन गरिदिएको उनले जनाइन्।

प्रकाशित: ६ कार्तिक २०७८ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App