coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

तस्बिरः स्वर्गीय मिरा अधिकारी लामा।

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

५१ वर्षीया लामा लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिइन्। पछिल्लो तीन सातायता उनको राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार हुँदै थियो। उपचारकै क्रममा अस्पतालमा उनको निधन भएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

कांगेस सिन्धुपाल्चोकको नेतृ रहेकी लामा जिल्ला समिति सदस्य थिइन्। उनले केही समय जिल्ला पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत बहन गरेकी थिइन्। लोकतान्त्रिक आन्दोलनमा सक्रिय उनी सिन्धु कांग्रेसका सभापति विकास लामाकी धर्मपत्नि हुन्। लामाका तीन छोरी छन्। जिल्ला पार्टीले शनिबारै शोक विज्ञप्ति जारी गर्दै नेतृ लामाको निधनले सिन्धु कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७८ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App