१३ मंसिर २०७८ सोमबार
समाज

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने

बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो। तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ। उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ। दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो। हाललाई रात्रिकालीन उडान हुनेछैन।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो। नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए। स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो।

प्रकाशित: ५ कार्तिक २०७८ २०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App