८ वैशाख २०८१ शनिबार
समाज

अनटेस्ट कार र स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनटेस्ट कार र स्कुटी बिहीबार राति सुनसरीका अलग अलग स्थानमा अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार राति ७.४५ बजे बराहक्षेत्र वडा नं.  ३ बाङ्गेको भित्री सडक खण्ड कालाबञ्जारबाट चक्रघटीतर्फ जाँदै गरेको अनटेस्ट कार आँफै अनियन्त्रित हुँदा चालक बराहक्षेत्र वडा नं. ६ का ४० वर्षे  उपेन्द्र दाहालको मृत्यु भएको छ। कार अनियन्त्रित हुँदा घाइते भएर तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा दाहालको ८.२० मा मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसैगरी, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोशी गाउँपालिका वडा नं. ८ भाण्टाबारीमा अनटेस्ट स्कुटी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा दमक वडा नंं. १ की २६ वर्षे सासा लिम्बु मृत्यु भएको छ। गम्भीर घाइते लिम्बुलाई जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा लगिएको थियो।

उनको उपचारका क्रममा शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो। स्कुटीमा सवार झापाको बुद्दशान्ति गाउँपालिका वडा नं. १ की २७ वर्षे रेनु गुरुङ सामान्य घाइते भएकी छन्।

प्रकाशित: ५ कार्तिक २०७८ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App