६ वैशाख २०८१ बिहीबार
समाज

लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन पक्राउ

प्रहरीले बुधबार राती स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वि पी बाल आँखा, कान, नाक अस्पताल नजिकबाट बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई पक्राउ गरेको हो।

स्रोत नखुलेको ठूलो परिणामको रकम बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा आँखा अस्पताल नजिक सुरक्षा जाँचका क्रममा पुनलाई बा ४९ प ८५६५ नं को स्कुटीको डिकीभित्र नगद ३० लाख रुपैंयाँ लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ।

अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाई राखेको भन्ने खुल्न आएपछि प्रहरीले पुनको कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए।

प्रकाशित: ४ कार्तिक २०७८ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App