८ वैशाख २०८१ शनिबार
समाज

धरानको फुस्रेमा आगलागी

धरान उपमहानगरपालिकाको वडा नं १३, फुस्रे चोकस्थित एक घरमा आगलागी भएको छ। स्थानीय उत्तम श्रेष्ठको घरमा आज बिहान करिब साढे १० बजेतिर आगलागी भएको हो।

आगो लागेको करिब डेढ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ। प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

आगो समयमा नै नियन्त्रणमा आएको कारण ठूलो धनजनको क्षति हुन नपाएको उनले बताए। प्रहरीका अनुसार आगलागीको बेला घरमा बुहारी मात्र थिइन्। घरमा पसल सञ्चालन गरेका श्रेष्ठले पेट्रोल पनि बिक्री गर्ने गर्थे। भान्छा नजिकै रहेको पेट्रोल सार्ने क्रममा आगो ग्याँसमा सल्किएर आगलागी भएको जानकारी आएको डिएसपी कुँवरले बताए।

उनका अनुसार आगो समयमा नियन्त्रण नआएको भए र ग्याँस पड्किएको भए थप ठूलो क्षति हुने थियो।आगलागीबाट एक लाख जति क्षति भएको प्रारम्भिक विवरण आएको पनि डिएसपी कुँवरले बताए। ‘एक लाख जतिको क्षति भएको कुरा आएको छ। किचन नजिकैको पेट्रोल सार्दा अचानक आगो सल्किएको रहेछ,’ डिएसपी कुँवरले भने।

आगलागी नियन्त्रणको लागि उपमहानगरपालिका कार्यांलयबाट गएको पहिलो दमकल बीचमै बिग्रिएपछि आगो नियन्त्रणमा केही ढिलाइ भएको थियो। उपमहानगरबाट अर्को दमकल गएपछि मात्र आगो नियन्त्रणमा सहज भएको थियो।

प्रकाशित: ४ कार्तिक २०७८ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App