८ वैशाख २०८१ शनिबार
समाज

कोसी नदीमा पानीको बहाव बढ्यो, बालियो रातो बत्ती

ब्यारेजका ५६ मध्ये ४२ ढोका खोलिए

चार दिनयताको अविरल वर्षाका कारण कोसी नदीमा पानीको बहाव बढेर खतराको संकेत बत्ती बालिएको छ। उत्तरवर्ती पहाडी क्षेत्रसँगै मधेसमा परिरहेको अत्यधिक वर्षाले कोसी नदीमा पानीको बहाव उच्च भएको हो।

बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख ६० हजार ४५० क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ। पानीको बहाव कम गर्न ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ।

नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ। सुनसरी र सप्तरीका प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App