१३ मंसिर २०७८ सोमबार
समाज

प्रदेश १ मा १६५ जना संक्रमणमुक्त, १२० जना थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। १ सय २० जनामा कोरोना संक्रमित थपिएका छन्। ६ सय २१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ र १ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुंगा, तेह्रथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो।  

झापाको विर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरेँचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहबी, बर्जु, गढी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ओखलढुंगाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७८ २०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App