९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा तीन जना गम्भिर घाइते

गोरखाको गण्डकी गाउँपालिका फुजेलबाट बेनिघाटतर्फ जाँदै गरेको पाँच जनाको सिट क्षमता भएको बोलेरो जिपमा १५ जना यात्रु थिए। ना ४ च ७७३८ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार ब्रेक फेल भयो। गाडीमा सवारमध्ये तीनजना गम्भीर घाइते भए। क्षमताभन्दा धेरै यात्रु ओसारपोसार गर्ने क्रमसँगै गोरखामा दुर्घटना बढ्न थालेको छ।  

दुर्घटनामा गण्डकी गाउँपालिका ५ कि २१ वर्षीया प्रतिमा पोखरेल, ४४ वर्षीया सुष्मा श्रेष्ठ, गण्डकी ४ फुजेलका २० वर्षका सुनिल थापा गम्भीर घाइते भएका छन्। उनीहरुको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  

जिपमा सवार अन्य १२ जना पनि घाईते भएका छन् । १२ मध्ये तीन जनाको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भएको छ। अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भएको छ।

उक्त जिप ब्रेक फेल भएर सडकमा पल्टिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी प्रकाश दाहालले बताए। चालक धनबहादुर थापा प्रहरी नियन्त्रणमा छन्।  

पानी परेपछि गोरखाको ग्रामिण सडक हिलाम्य छ। दशैँको बेला यात्रुको चाप धेरै हुँदा निजी, मालवाहक सवारी साधनले पनि क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन्।

सदरमुकाममा ट्राफिक प्रहरीले निग्रानी बढाएपनि ग्रामीण भेगमा निग्रानी गर्न सकेको छैन। सवारी साधन नपाउँदा यात्रुलाई गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण सर्वसाधारण जोखिमको यात्रा गर्न बाध्य छन्।  

प्रकाशित: २ कार्तिक २०७८ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App