७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली नदी गाउँ पस्यो

कर्णाली नदीले शाहीपुर नजिक भत्काएको तटबन्ध । तस्बिरः नागरिक

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले तटबन्ध भत्काएको छ। स्थानीय युवा भुपेन्द्र साँउदका अनुसार नदीको बाढी गाउँ पसेको छ।  

टीकापुर नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ का दर्जन बढी गाउँमा बाढी पसेको छ। नदीको बाढी गाउँ पसेपछि स्थानीयमा दौडधुप सुरु भएको छ। उनीहरु बालबालिका र वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानतर्फ सरिरहेका छन्।  

वडा नं. ९ का अध्यक्ष दीर्घ ठकुल्लाका अनुसार त्रासको माहौल फैलिएको छ। उनले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भैरहेको बताए।  

नदीको बाढी शाहीपुर हुँदै सिमरेनी, सत्ती, सूर्यपुर, वनगाँउ, फाँटा हुँदै बग्न थालेको छ।  

नदीमा पानीको बहाव उच्च भएपछि अन्य थुप्रै ठाउँमा समेत तटबन्ध भत्किने खतरा बढेको छ। सत्तीघाटको पुल नजिकै समेत नदीको पानी तटबन्ध माथिबाट बग्न थालेको छ।

प्रकाशित: २ कार्तिक २०७८ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App