५ वैशाख २०८१ बुधबार
समाज

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो।  

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन्। रासस

प्रकाशित: १ कार्तिक २०७८ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App