पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही क्रममा ९३७ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन्। यस्तै, पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हालसम्म आइसोलेसनमा हुनेको संख्या ११ हजार ८७४ रहेको छ भने २२९ जना क्वारेन्टिनमा छन्।
प्रकाशित: १ कार्तिक २०७८ ११:४४ सोमबार