coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विजयादशमीः चौथो दिन आज पनि टीका लगाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै अखिल बलि पूर्ति नभएसम्म जारी रहने गर्दछ।

यस वर्ष कात्तिक २ गते मंगलबार भोलि कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ। त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन्।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीको महान पर्व बडा दसैं समाप्त हुन्छ।

बडा दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ। योसँगै सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ।

प्रकाशित: १ कार्तिक २०७८ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App