१९ मंसिर २०७८ आइतबार
समाज

जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ

एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो। ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो। जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे। अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो। माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो। बगैँचामा फलेको स्याउ बेच्ने अवस्था नहुँदा स्याउ खेती प्रति किसानको विकर्षण थियो।  

तर कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुदैँ जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थाल्यो। यहाँको स्याउको  मुल्य बढ्दै जान थाल्यो। किसानहरू स्याउ खेती प्रति आकर्षित हुन थाले। गत बर्ष बगैँचामै स्याउको मुल्य प्रतिकेजी ५० रुपैयाँ थियो। यो बर्ष जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ प्रतिकेजी छ। यो मुल्य जुम्ली स्याउको अहिले सम्मको सर्वाधिक हो। 

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’

उनले दुई सय कार्टुन स्याउ बजारमा ल्याएका थिए। ५० कार्टुन स्याउ बेचिसकेका छन्। उनले भने,‘बाहिरबाट आयतित फुजी स्याउको मुल्य एक सय ५० रुपैयाँ हुनु पर्ने तर जुम्ली स्याउको मुल्य कम हुनुपर्ने कारण के छ ?’ उनले फुजी स्याउको भन्दा जुम्ली स्याउको मुल्य बढी हुनु पर्नेमा जोड दिए।  

फुजी स्याउ १५० रुपैयाँमा बेचिरहेको देखे। यसको तुलनामा जुम्ली स्याउका मुल्य निकै कम भयो। सबैमा फुजी स्याउ भन्दा जुम्ली स्याउ निकै कम गुणस्तरको भन्ने भ्रम सिर्जना भयो, उनले भने,‘   फुजी स्याउ हाइब्रेड हो। यो स्याउमा रासायनिक मलको प्रयोग भइरहेको छ। जुम्ली स्याउका शुद्ध अर्गानिक मलको प्रयोग भइरहेको छ। ’

जुम्ली स्याउ अर्गानिक ब्राण्ड हो। यो रुखमै टिपेर खान मिल्छ। फुजी स्याउको स्प्रे गरेको पातमा लेयर छ। रेड लेवलको विषादी मिसाइएको छ। अर्गानिक मलको नाममा युरिया मलको प्रयोग भइरहेको छ। उनले थपे,‘फुजी स्याउका करोडौको लगानी छ। यो आर्थिक रुपमा बलियो मान्छेले मात्र खेती गर्न सक्छन्। फुजी स्याउ प्रतिविरुवा १३ सय रुपैयाँ पर्छ। जुम्ली स्याउको प्रतिबोट २५ रुपैयाँ मात्र।  

जुम्ली स्याउलाई हेयका दृष्टिले हेरिन्छ। फुजीको लगानीमा तीन बगैँचा छ। सबै स्याउ जुम्ली नै हो । खर्बको लगानी छ। जुम्लाका झण्डै १५ हजार ५ सय घरमा स्याउ बगैँचा छ। न्युनतम ५० देखि १५ सय रुपैयाँ सम्म विरुवा छ।

राहसिंह रावलको एक हजार जुम्ली स्याउका विरुवा छन्। यो स्याउ जुम्लाको पहिचान पनि हो । उनले भने,’जुम्ली स्याउको गुणस्तरमा कुनै कमि नहोस भन्नका लागि जुम्ली स्याउको मुल्य नै १ सय ५१ रुपैयाँ तोकिएको उनले बताए। 

उनले पहिलो बर्ष काठमाण्डौमा १० टन स्याउ लिएका थिए। दोस्रो बर्ष उनले बगैँचामै स्याउ बेचे प्रतिकेजी ५० रुपैयाँमा। अहिले निकै कम फलेकोले यो बर्ष स्याउ सदरमुकाम खलंगामा ल्याएर बेच्दैछन्।  

एक सय ५१ रुपैयाँमा स्याउको तोकिदा समेत माग बढिरहेको छ। इतिहासमै पहिलो पटक जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ भएपछि किसान निकै उत्साहित छन्।  

यो बर्ष कृषि विकास कार्यालय जुम्लाका अनुसार ९ हजार मेट्रिकटन स्याउ फलाउने लक्ष्य राखिएको थियो। तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ। यो बर्ष स्याउ कम फलेपनि निकै गुणस्तरीय दाना बेच्न पाएकोमा किसान उत्साहित छन्।  

जुम्ली स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ। यहाँका किसानले त्यही कार्टुनमा स्याउ बजार सम्म पुर्‍याएका छन्। यो कार्टुनमा केमीकल प्रयोग नगरेको शुद्ध अर्गानिक स्याउ मात्र राखन्छि। जो स्याउ खान योग्य हुन्छ।  

गत पुष माघ महिनामा हिउँ नपुर्न,चैत बैशाखमा तुवालोले चिचिला झार्नु  र स्याउ बर्षै पिच्छे पालो गरेर फल्ने भएकोले यो बर्ष स्याउ उत्पादनमा कमि आएको कृषि विज्ञहरु बताउँछन्। केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो। तर त्यसको क्षति एकिन गरेर किसानले विमाङ्क रकम पाउनेछन्।

अहिले बगैँचामा सामान्य रुपमा लाइकिराको प्रकोप देखिएपनि खासै रोकिराको संक्रमण थिएन। यहाँका १६ हजार स्याउँ बगैचा छन्। ३ हजार ८ सय ५० हेक्टरमा स्याउ खेति गर्छन। एक बगैँचा हुनका लागि न्युनतम २५ विरुवा स्याउको लगाएको हुनुपर्छ।  

यो बर्ष स्याउको उत्पादन घटेपछि मुल्य र माग बढ्दो छ। जिल्ला कृषि विकास कार्यालय जूम्लाका प्रमुख बालकराम देवकोटाले भने,‘कुल उत्पादनको आधा स्याउ जिल्ला बाहिर निर्यात हुन्छ। यो बर्ष स्याउको उत्पादन कम भएपनि मुल्य बढिहुदा किसान स्याउ खेति तिर निकै आकिर्षत भएका हुन्।  

जुम्लामा गोल्डेन,रोयल, रेड डेलिसियस जातको स्याउ फल्छ। यो संगै चक्लेट,स्वीटएम्री र पिनि जातको स्याउ पनि फलिरहेको छ।  

भेटनरी डक्टर नन्दलाल खत्री जुम्ली स्याउ यहाँको पहिचान भएको बताउँछन्। उनले भने,’फुजी जातको स्याउका कारण जुम्ली स्याउ संकटमा पदैछ। फुजी स्याउ हुनेखाने बर्गको लागि हो। तर जुम्ली स्याउ नहुने बर्गको आमदानीको प्रमुख स्रोत हो। जुम्ली स्याउको संरक्षण प्रवद्र्धन र बजारीकरणमा जोड दिनु पर्छ। ’  

 

प्रकाशित: १ कार्तिक २०७८ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App