७ वैशाख २०८१ शुक्रबार
समाज

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

दुई साताअघिदेखि कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रण्मा आउन सकेको छैन। गत असोज १८ गतेदेखि कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को एक दर्जन गाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर बढ्दै गएको हो।

प्रकोप सुरु भएको दुई साता बित्दा पनि अझै नियन्त्रणमा आएको छैन। झडापखालाबाट ४ जनाको मृत्यु भएको थियो। आइतबारसम्म ८ सय ७४ जना बिरामी परेका स्वास्थ्य कार्यालयले जनाएको छ। अहिले पनि बहादुरगंज अस्पतालमा १९ जना झाडापखालाका बिरामीहरुको उपचार भईरहेको छ। कृष्णनगर नगरपालिकामा असोज १८ गते फैलिएको झाडापखालाका बिरामीको संख्या घटेर प्रकोप नियन्त्रणमा आए पनि विगत २/३ दिनमा नयाँ बिरामीको संख्या अपेक्षाकृत ढंगले घट्न नसकेको स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए।

अस्पतालमा झाडापखालाका बिरामी दैनिकरुपमा १० देखि २० जनासम्म आउने गरेका छन्।  त्यस भेगको नल तथा खानेपानीको धारा गरी १५ स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण गर्दा दूषित पानी भेटिएको थियो। पानीमा इकोली भेटिएको प्रमुख पाण्डेयले बताए। ‘द्षित पानी, फोहोर र झिंगाले नै त्यस क्षेत्रमा झाडापखालाको प्रकोप फैलिएको हो,' उनले भने, ‘नगरपालिका, साझेदार संघसंस्था तथा स्वास्थ्य कार्यालयले अझै समन्वयात्मक ढंगमा सरसफाईका कार्यक्रमहरु अघि बढाउनुको विकल्प देखिएन।’  

नगरप्रमुर रजत प्रताप शाहले सचेत तथा सरसफाईमा ध्यान नदिँदा त्यस क्षेत्रमा झाडापखाला फैलिएको बताए। उनले नगरपालिकाले त्यस क्षेत्रमा निरन्तर सचेतनामुलक अभियान चलाएको बताए। ‘सम्पूर्ण सरोकारवालाहरु घरदैलो कार्यक्रम, सामुदायिक अन्तरक्रिया तथा स्वास्थ्य शिक्षाका कार्यक्रममा संलग्न हुन उनले अपिल गरेका छन्। उता यशोधरा गाउँपालिका–८ खोरियामा फैलिएको झडापखालाको प्रकोप अझैसम्म पुर्ण नियन्त्रण्मा आएको छैन।

त्यहाँ हालसम्म २ सय ६३ जना झाडापखालाका बिरामी भएको गाउँपालिका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राले बताए। ४ जना अस्पतालमा अझै उपचार गराईरहेका छन्। त्यहाँ झाडापखालाबाट एक जनाको मृत्यु भएको थियो।

प्रकाशित: ३१ आश्विन २०७८ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App