८ वैशाख २०८१ शनिबार
समाज

धुमधामका साथ बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती

बडा दसैँको सप्तमीका अवसरमा नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा मंगलबार धुमधामका साथ फूलपाती भित्र्याइएको छ। मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा फूलपाती भित्र्याइएको हो।  

सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ। यसका साथै सर्वसाधारणले पनि मंगलबार घर घरमा फूलपाती भित्र्याएका छन्।

प्रकाशित: २६ आश्विन २०७८ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App