८ वैशाख २०८१ शनिबार
समाज

मुगु बस दुर्घटनाः घाइतेलाई उपचारका लागि बाँके पुर्‍याइयो

यो पनि पढ्नुहोस्

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

मुगुमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि बाँके ल्याइएको छ। १५ जनालाई जहाज र तीन जनालाई नेपाली सेनाको हेलिकोप्टबाट उपचारका लागि बाँके ल्याइएको हो।

टाउँकोमा गम्भीर चोट लागेका १० जनालाई कोहलपुरको मेडिकल कलेजमा लिइएको छ भने पाँच जनालाई नेपालगन्जस्थित नर्सिङ होममा पुर्‍याइएको नेपालगन्ज विमानस्थलका सुरक्षा गार्डका इन्चार्ज तथा सइ सन्तोष शाहले जानकारी दिए। साथै नेपाली सेनाले ल्याएका तीन जनाको उपचार कोहलपुरमा भइरहेको उनको भनाइ छ।  

दसैं मनाउने यात्रुलाई लिएर नेपालगन्जबाट मुगुको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ (सातमोड)मा उक्त बस दुर्घटना भएको थियो। दुर्घटनामा २८ जनाको मृत्यु भएको नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०७८ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App