८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु

दाङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। चितवनबाट बर्दिया जाँदै गरेको ना ७ ख ३१७९ नम्बरको बसले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ६ सगरापुरका चार वर्षीय बालक दुर्गा चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

 बसले लमही भालुबाङ सडक खण्डको अर्नहवा नजिकै ठक्कर दिएको थियो। बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तहरुले पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन्

यो पनि पढ्नुहोस्

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते। 

प्रकाशित: २६ आश्विन २०७८ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App