coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सम्शेरगन्जमा राजमार्ग अवरुद्ध

दुर्घटनाबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही माग गर्दै स्थानीयले पुर्व(पश्चिम राजमार्गको सम्शेरगन्जमा सडक अवरुद्ध पारेका छन्। सोमबार दिउँसो पौने १ बजे ना ७ ख ७४४८ नम्बरको बसले ठक्कर दिदा राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकि चन्द्रा बुढाथोकी खड्काको घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो।  

मृत्युपश्चात स्थानीयले सोमबार बेलुका साढे ६ बजेदेखि राती अबेरसम्म राजमार्ग अवरुद्ध गरेका थिए। बस व्यवसायी समिति सम्पर्कमा नआएपछि आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुनः जिरो चोकमा राजमार्ग अवरुद्ध गरेको स्थानीय भिम खड्काले बताए। प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेका अनुसार स्थानीयको अवरुद्ध पछि पुर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन ठप्प भएको छ। राप्ती सोनारी ८ का वडाअध्यक्ष खुम बस्नेतले बस समितिले बेवास्ता गरेपछि आन्दोलनको परिस्थिति उत्पन्न भएको बताए।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पीडितलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही गर्न आफुले माथिल्लो निकायमा आवश्यक समन्वय गरिरहेको बताएका छन्।

प्रकाशित: २६ आश्विन २०७८ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App