७ वैशाख २०८१ शुक्रबार
समाज

यार्सागुम्बासहित दुई जना पक्राउ

प्रहरीले इटहरीबाट यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी वडा नं. ६ धरान लाइनमा दुर्लभ वनस्पती यार्सागुम्वाको कारोवार हुँदै गरेको विशेष सूचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट  खटिएको टोलीले दुई जना पुरुषलाई पक्राउ गरेको हो।

प्रहरीले खोटाङ रावावेशी गाउँपालिका वडा नं.४ का २७ वर्षे समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका वडा नं.४ का ३२ वर्षे श्यामकुमार लिम्वुलाई पक्राउ गरेको हो।

गुरुङ र लिम्बुले  बोकेको जेब्रा झोला खान तलासी गर्दा झोलाभित्र रातो दुईवटा र हरियो एउटा कागजको झोलामा पोको पारेको अवस्थामा दुर्लभ वनस्पति यार्सागुम्बा फेला परेको छ। प्रहरीले दुवै जनाको साथबाट तीन केजी यार्सागुम्बा बरामद गरेको जानकारी दिएको छ।  

प्रकाशित: २५ आश्विन २०७८ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App