१६ चैत्र २०८० शुक्रबार
समाज

कास्की र स्याङजामा जीप दुर्घटना, ११ को मृत्यु (अपडेट)

घान्द्रुकमा दुर्घटनामा परेको जीप।

कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।  

सोमबार दिउँसो पोखराको हरिचोकबाट घान्द्रुकको लागि प्रस्थान गरेको ग १ ज ६९०० नम्बरको जीप दिउँसो करीब साढे दुईबजे दुर्घटनामा परेको हो। जिल्ला प्रहारी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार जीपमा नौजना सवार थिए। एकजना सामान्य घाईते भएका छन् । जीप सडकबाट करिब दुईसय मिटर तल खसेको छ।  

यद्यपी स्थानीयको भनाई अनुसार चालकसहित आठजनाको घटनास्थलमै मृत्यु भएको छ । तर प्रहरीले भने यात्रु घाइते मात्र रहेको बताएको छ। आठजना घान्द्रुक घुम्न गएका आन्तरिक पर्यटक भएको अनुमान गरिएको छ। यद्यपी पूर्ण जानकारी भने प्राप्त भईसकेको छैन् । प्रहरी र स्थानीय बासिन्दा उद्दारमा जुटिरहेका छन । घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङका अनुसार गाउँ पुग्नु भन्दा करिब २० मिनेट तलै जीप दुर्घटनामा परेको हो।  

यसैगरी स्याङजाको वालिङ नगरपालिका –१० मोदीखोला भित्री सडक खण्डमा वालिङबाट लाखुडाँडा तर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ। १५ जना घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २५ आश्विन २०७८ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App