coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई छोराको हत्या गरी आमाले गरिन् आत्महत्या

धनुषाको नगराइन नगरपालिकामा आमाले शुक्रबार साँझ दुई छोराको हत्या गरी आफू आत्महत्या गरेकी छिन्।नगराइन नगरपालिका–७  फुलगामा गाउँकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।  

घरमा दुवै छोराको हत्या गरेपछि गुडिया सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको डीएसपी बस्नेतले बताए। दिउँसो ४ बजेसम्म गुडियाले श्रीमान गुरुदेव साहको मोबाइलमा फोन गरेको देखिन्छ डीएसपी बस्नेतले नागरिकसँग भने,‘दैनिक ज्याला मजदुरी गर्ने गुरुदेव घर फर्किन नपाउँदै यो घटना भयो।’ गुरुदेव काममा गएकाले घरमा दुई छोरासँग गुडिया मात्र थिइन।  

कान्छो छाेरालाई कपडाले घाँटी च्यापेर हत्या गरेको देखिन्छ भने जेठो छोराको नरिवलको डोरीले घाँटी कसेर मारेको प्रहरीको प्रारम्भिक जाँचबाट खुलेको छ।गुडिया नरिवलको डोरीले पंखा(सिलिङ फ्यान)मा  झुण्डिएर आत्महत्या गरेको प्रहरी बताए।घटनास्थलबाट प्रहरीले गुडियाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ।

डीएसपी बस्नेतका अनुसार दश वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए। उनीहरुबीचको बिवाहलाई गुडियाका आमाबुवाले स्वीकारेको थिएन। माइतीपक्षसँग उनीहरुको बोलचाल, आउजाउ थिएन। घटनाको  एकिन कारण खुलिनसकेको डिएसपी बस्नेतले बताए।  

प्रकाशित: २३ आश्विन २०७८ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App