coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली सेनाको सुलिगाडस्थित रामवाण गुल्मद्वारा खाद्यान्न र कम्बल सहयोग

नेपाली सेनाको सुलिगाडस्थित रामवाण गुल्मले श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा खाद्यान्न र कम्बल सहयोग गरेको छ। विजया दशमी लगायतका चाडपर्व र अन्य समयमा मन्दिरमा दर्शन गर्न आउने दर्शालुभक्तजनहरु र मन्दिरका पुजारीहरुलाई ओड्नका लागि कम्बल र खानको लागि खाद्यान्न सहयोग गरेको हो।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको सुलिगाडस्थित सेनाको रामवाण गुल्मका सेनानी ईश्वर थापाले मन्दिरमै पुगेर सेनाको तर्फबाट २५ थान कम्बल र डेढ क्वािन्टल खाद्यान्न मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका छन्। टाढा टाढाबाट मन्दिरमा आउने भक्तजनहरुका साथै पुजारीलाई समेत सहयोग पुगोस भनेर सानो सहयोगस्वरुप कम्बल र खाद्यान्न हस्तान्तरण गरिएको सेनानी (मेजर) ईश्वर थापाले बताए।

सधै लोक हितकारी कार्य गर्दै आइरहेको नेपाली सेनाले पटक पटक मन्दिरलाई सहयोग गर्दै आइरहेको पुजारी उपाध्यायले बताए। पछिल्लो समय मन्दिरमा दर्शन गर्न आउने र मन्दिरमा बास बसेर ब्रत बस्नेहरुको लागि खाने सुत्ने ब्यवस्था समेत मन्दिर ब्यवस्थापन समितिले गर्दै आएको छ।विभिन्न समयमा विभिन्न सहयोगीमनहरुले उपलब्ध गराउँदै आएको सहयोगले दर्शालुभक्जनहरुलाई सहयोग पुग्ने गरेको छ।

प्रकाशित: २२ आश्विन २०७८ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App