७ वैशाख २०८१ शुक्रबार
समाज

सिता मृत्यु प्रकरण : श्रीमान, जेठाजु र आमाजु पुर्पक्षका लागि थुनामा

रुपन्देहीको तिलोत्तमा ५ कि सिता भण्डारी पौडेल मृत्यु प्रकरणमा जिल्ला अदालत रुपन्देहीले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मृतक सिताका श्रीमान टिका पौडयाल, आमाजु बिष्णु पौडयाल र जेठाजु हरि पौडयाललाई अदालतले थुनामा राख्ने आदेश दिएको हो।  

अदालतको आदेश लगत्तै बुधबारै तीन जनालाई जिल्ला कारागार भैरहवा चलान गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। मंगलबार र बुधबार भएको थुनछेक बहसपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाईएको हो।  

२७ वर्षीया सिता गत भदौ २० गते आफ्नै घरको कोठामा मृत फेला परेकी थिईन्। पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ। तर सिताका माईती पक्षले भने परिवारले नै मिलेर छोरीको हत्या गरेको दावी गर्दै आईरहेका छन।  

तिलोत्तमा नगरपालिकाको मणिग्राम चारनम्बरका हरिप्रसाद भण्डारी र पुनम भण्डारीकी छोरी सिताको दुई वर्ष अघि तिलोत्तमा ५ शंकरपुरका ४३ वर्षीया टिका पौडेलसंग विवाह भएको थियो। पछिल्लो समय पाल्पामा होटल संचालन गर्दै आएका उनीहरु भदौ ६ गते तिज मनाउन  घर आएका बेला भदौ २० गते सिताको शंकास्पद मृत्यु भएको थियो। शवको प्रकृति,घटना स्थल र परिवारको गतिविधिका कारण सिताको हत्या भएको दावी माईती पक्ष र स्थानीयले गरेपनि प्रहरीले भने सुरुदेखि नै आत्महत्याको केश भएको दावी गर्दै आएको थियो।

घटना लगत्तै माईतीले दिएको ज्यान मुद्दा सम्बन्धी उजुरी प्रहरीले सुरुमा लिन मानेको थिएन। स्थानीयले दवाव दिएपछि ईप्रका बुटवलका डिएसपि मदन कुँवरले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न लगाएका थिए। माईती पक्षले लगातार आन्दोलन मार्फत दवाव दिएपछि दश दिनपछि ज्यान मुद्दा सम्बन्धी किटानी जाहेरी लिएपनि प्ररम्भिक अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आदिले आत्महत्याको केश देखिएको भन्दै दुरुत्साहन मुद्दा नै अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७८ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App