coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाँजा तस्कर भन्दा सर्वसाधारणलाई सास्ती

गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरि सर्वजनिक गरिएका रुम्बा।

जीतपुरसिमरा–१६ टांगियाबस्तीका रुकबहादुर रुम्बा आगुऔषध गाँजा तस्करी गरेको आरोपमा १३ दिनदेखि ईलाका प्रहरी कार्यालयको हिरासतमा छन्।

असोज ८ गते जीतपुरसिमरा–१८ कुशमाडीमा रहेका दाजुलाई भेटेर फर्किदै गर्दा रुम्बालाई शहजनाथ मन्दिर छेउबाट गाँजा तस्करी गरि रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले दाबी गरेको थियो।

असोज ९ गते बारा प्रहरीले निकालेको विज्ञप्तीमा रुम्बाले नै ना ३७ प ९६८१ नम्बरको मोटरसाइकलमा चार पोकामा राखिएको ८३ किलो गाँजा ढुवानी गरि रहेको र प्रहरीलाई देखेर भाग्न खोजे पछि पक्राउ गरिएको प्रहरीको दाबी थियो।

गाँजा बरामत गरिएको स्थानबाट प्रहरीले एक थान साईकल समेत फेला परेको थियो।

प्रहरीले मोटरसाईकलमा गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेका रुम्बा शारीरिक रुपमा अशक्त रहेको र उनलाई फसाइएको आरोप रुम्बाको छोरा औतार रुम्बाले आरोप लगाएका छन्।

खाली साईकल समेत राम्र्रोसँग चलाउन नसकिने अवस्थामा रहेका बुवालाई प्रहरीले बरामद गरेको गाँजाको अनुसन्धान नै नगरि फसाएको उनले गुनासो गरे।

पक्राउ परेकै दिन ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर चौधरीलाई भेटेर नफसाउन बुवालाई नफसाउन स्थानीय र जनप्रतिनिधिहरुले आग्रह गरेका गरेका छोरा औतारले सुनाए।

दुई वर्षअघि रुखबाट लडेर ढाडमा र तिघ्रामा स्टील राखिएको र बुवाले पाँच किलोको तौल उठाउन नसकिने अवस्थामा रहेको औतारले बताए।

दोषीलाई भगाउनकै लागि प्रहरीले ८३ किलो गाँजा बोकेको आरोप बुवालाई लगाएको हुन सकिने उनले बताए।

शारीरिक रुपमा कमजोर व्यक्तिलाई प्रहरीले गाँजा बोकेको भनेर लगाएको आरोप झुट भएको स्थानीय तिलक तामाङ्ग बताउँछन्। मोवाईल नबेक्ने र मोटरसाईकल पनि  चलाउन नसकिनेलाई प्रहरीले सुराकी भनेर पक्राउ गर्ने आधार पनि नरहेको तामाङ्गले दाबी गरे।  

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख चौधरीले रुम्बा अशक्त रहेकोले गाँजाको तस्करी गर्न नसकिने जानकारी हुन आएपछि प्रहरीले उनलाई छोड्न नमिल्ने बताए।

प्रहरीले म्याद थप गरिसकेपछि रुम्बा निर्दोष भए जिल्ला सरकारी वकिलको कार्यालय वा अदालतले छोड्ने र त्यसै अनुसार आफूहरुले कागजपत्रहरु पेश गर्ने प्रहरी निरीक्षक चौधरीले बताए।

अर्का निजगढ प्रहरीले भदौ अन्तिम साता प्रसौनी ७ बन्जरियाका हरिन्द्र रामलाई कलैया १६ मझौलियाबाट लागुऔषध गाँजा कारोबार गरि रहेको आरोपमा पक्राउ गरि हिरासतमा राखेको छ।

हरिन्द्रको बुवा बृच्छ रामले साईकलमा कस्मेटिक सामान बेच्न घरबाट निस्केको र प्रहरीले जबरजस्ती फसाउन खोजेको आरोप लगाए।

प्रहरीले छोरोलाई समातेको स्थानमा रहेका स्थानीयहरुले यसले साईकलमा कस्मेटिक सामाग्री बेचीरहेको जानकारी गराउँदा गराउँदै प्रहरीले स्थानीयहरुको कुरै नसुनी नियन्त्रणमा लिएर म्याद थप समेत गराएर दुःख दिने काम गरेको रामले बताए।

पाँच किलो गाँजासहित दुई जनालाई पक्राउ गरि अनुसन्धान गर्दा कारोबारमा संलग्न रहेका अन्यलाई पक्राउ गर्ने क्रममा हरिन्द्र राम पनि पक्राउ परेका ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक चौधरीले बताए।

प्रहरीले हरिन्द्र रामसहित तीन जनालाई मझौलीयाबाट पक्राउ गरेको थियो।

श्रीलाल पहिला पनि लागुऔषधको कारोबारमा कैद सजाएर पाएका व्यक्ति रहेको र श्री लाल भएको स्थानमा हरिन्द्र समेत देखिएकोले उनलाई पनि सोधपुछको लागि पक्राउ गरिएको प्रहरी निरीक्षक चौधरीले बताए।

अनुसन्धानको क्रममा हरिन्द्र निर्दोष रहेकोले उनले भने अनुसारको ब्यान गराएर जिल्ला सरकारी वकिल कार्यालयबाट छुटने गरि प्रहरीले सजिलो गर्ने चौधरीले बताए।

दुई साताको अन्तरालमा गाँजा तस्करी गराएको आरोपमा पक्राउ गरिएर हिरासतमा राखिएको दुई घटना उदाहरण मात्रै हो।

प्रहरीले निर्दोषलाई फसाउने काम कहिल्यै नगर्ने बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले तर्क गरेका छन्।

जुन स्थानबाट गाँजा बरामत गरिएको छ त्यस स्थानमा फेला गरेको व्यक्तिहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिनु परेको उपरीक्षक शाहीले बताए।

अनुसन्धानको क्रममा गाँजाको कारोबारमा संलग्नता नगरेको भेटिएपछि त्यस्ता व्यक्तिहरु छुटिने दाबी उपरीक्षक शाहीले गरे।

बारा प्रहरीले रुम्बाबाट बरामत भएको दाबी गरिएको ८३ किलोको गाँजा बेच्ने र किन्ने ठूुला व्यपारीहरुलाई नियन्त्रणमा लिन सकेको छैन।

प्रकाशित: २१ आश्विन २०७८ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App