coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलासैनी–३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दिपक महर रहेका छन्।

सोमबार साँझ कबिर ६ बजेतिर डिलासैनी गाउँपालिका–७ धामीगाउँबाट भैँसी किनेर ल्याउँदै गर्दा परेको चट्याङले भैँसी समेत मरेको स्थानीय मनिराम भुलले बताए। 

घटनाको बिषयमा जानकारी आएपछि गोकुलेश्वर प्रहरीचौकीबाट अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

प्रकाशित: १९ आश्विन २०७८ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App