८ वैशाख २०८१ शनिबार
समाज

खोला तर्ने क्रममा बाढीले बगाएर किशोरको मृत्यु

खोलाले बगाएर रौतहटमा एक किशोरको मृत्यु भएको छ। खोला तर्ने क्रममा बाढीले बगाएर रौतहटको चन्द्रपुर नगरपालिका ३ बरबोटका १४ वर्षीय किशोरको मृत्यु भएको हो।  

गैंडाटार पुगेर घर फर्किने क्रममा १४ वर्षीय सुकराम ठोकरलाई चाँदी खोलामा आएको बाढीले बगाएको हो। बाढीको समयमा घर फर्किन खोला तरिरहेको समयमा चाँदी नदीले ठोकरलाई बगाएको र ठोकरको शव करिब तीन किलोमिटर तल खोलामा फेला परेको स्थानीय उपेन्द्र गोलले जानकारी गराएका छन्।  

पछिल्लो समय दुई दिनदेखि रौतहटमा पानी परिरहेको छ। दुई दिनको पानीले खोलाको सतह बढेको छ। जिल्लाको उत्तरी क्षेत्रमा वर्षाको समयमा खहरेजस्तै पानी ठूलो आउने र एकै छिनमा हराउने गर्दछ। खोलामा बाढी आएको समयमा उत्तरी क्षेत्रमा पानीको बहाव तीव्र हुने गर्दछ।

प्रकाशित: १७ आश्विन २०७८ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App