८ वैशाख २०८१ शनिबार
समाज

बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष

दसैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर प्रहरीले  बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। यात्रुहरुलाई गन्तव्य पुर्‍याउन सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

चाडपर्वमा शान्तिसुरक्षा कायम गर्न बैतडी प्रहरीले विशेष सुरक्षा योजना समेत बनाएको छ। मेलापर्वहरुमा हुनसक्ने संभावित झै–झगडा तथा असुरक्षा, सिमानाकामा हुनसक्ने ठगी तथा अभद्र ब्यवहार अपराधिक क्रियाकलाप कम गर्न सुरक्षा गस्ती बढाएको छ। जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइ जिल्लामा शान्ति सुरक्षा कायम गर्न मोबाइल गस्ती, पैदल बढाइएको प्रहरीले जनाएको छ।  

दसंैंको समयमा यात्रुहरुलाई हैरानी हुने भएकाले त्यस्तो नहोस भन्नका लागि सहायता कक्ष समेत स्थापना गरिएका हो। सीमानाका झुलाघाटका साथै राजमार्गका मुख्य ठाउँहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्। झुलाघाट, गोठलापानी, शाहीलेक, सतबाँझ र पाटनमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन्। यस्तै खोड्पे, खोचलेक, गोकुलेश्वर, ढोल्यामोड र सिमारमा पनि यात्रु सहायता कक्ष सञ्चालन ल्याइएका प्रहरी निरीक्षक ओझाले बताए।

जिल्ला प्रहरी कार्यालयले दसैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए। प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन्। 

प्रकाशित: १७ आश्विन २०७८ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App