coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

जंगलमा वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवा पक्राउ परेका छन्। बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन्।  

जंगलमा घाँस काट्न गएको मौका पारी वृद्धामाथि जबरजस्ती गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलटारमा शुक्रबार जाहेरी परे अनुसार खटेको टोलीले विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनलाई इप्रका बेलटाकै हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ।  

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार विकमाथि जिल्ला अदालतबाट म्याद लिएर जबरजस्ती करणी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: १६ आश्विन २०७८ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App