३१ श्रावण २०७९ मंगलबार
समाज

सवारी दुर्घटनामा युवा समाजसेवीको मृत्यु

सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।  

शुक्रबार राति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिबेलास्थित घर जाने क्रममा चौधरी चढेको ना ३५ प १८९३ नम्बरको मोटरसाइकललाई भारतीय ट्रकले ठक्कर दिएको थियो। युपि ३५ एटि ४२७३ नम्बरको भारतीय ट्रकले चौधरीको बाइकमा ठक्कर दिँदा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।  

चौधरीको मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको इप्रका चन्द्रनिगाहपुरले जनाएको छ।  

मृतक चौधरी जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका पूर्व स्ववियु सहसचिव हुन्। चौधरी विभिन्न सामाजिक संस्थामा सक्रिय रहँदै आएका थिए।

प्रकाशित: १६ आश्विन २०७८ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App