coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मजदुरी गर्न भारत पुगेका नेपाली युवकको रहस्यमय मृत्यु

भारत बिहारको मुजफ्फरपुरमा मजदुरीको लागि गएको एक नेपाली मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको छ। घाइते भई उपचारबाट निको हुँदै गएको कलैया उपमहानगरपालिका १० मटिअर्वा  नन्दलाल रामको रहस्यमय मृत्यु भएको हो।

उनी असोज ४ गते काम गर्न मुजफ्फरपुर जिल्लास्थित काँटीमा रहेको माँ भगवती स्टील उद्योगमा काम गर्न गएका मृतकका परिवारका सदस्यहरुले बताएका छन्। असोज  ४ गते मुजफ्फरपुर पुगेका राम असोज ५ गते फैक्ट्रीमा काम गर्न पुगेको उनको बुवा महेश रामले बताएका छन्।

काम सुरु गरेकै दिन बिहान साढे ३ बजे फलाम गलाउने क्रममा फलामको आगोको कारण छोराले लगाएको पाइन्टमा आगो लागेपछि घाइते भएको मृतक रामसँगै काम गरिरहेका उनका सानो बुवा अमिरका रामले बताए।

आगोले घाइते भएका उनलाई उद्योगका प्रबन्धक अजय सिंहले माँ जानकी अस्पतालमा भर्ना गराएको र पाँच दिनपछि निको हुँदै गएको रामले बताए। अस्पतालमा उपचार गराई रहेका मृतकसँग तीन दिन अगाडि आमा कुमारी देवी राम र उनका मामा संजय राम घरबाट भेट्न पुगेका थिए।

छोराको घाउ पहिला भन्दा निको भए पनि घाउ दुख्ने गरेको कारणले आमाले अर्को अस्पतालमा रिफर गर्न अनुरोध गरेको मामा संजय रामले बताए। रामको मृत्यु पछि बिहार प्रहरी त्यहाँ आए पनि उनीहरुले मृत्यु बारे अनुसन्धान नगरेको आरोप पिडित परिवारले लगाएका छन्।

घाइते भएर निको हुँदै गएको छोरालाई अस्पतालले नै मारेकाे उनकी आमा कुमारी देवीकाे आरोप छ। घाइते छोरोको उपचार गराउन धेरै पैसा लाग्ने भएको डरले नै उद्योग प्रसाशनसँग मिलोमतो गरेर अस्पतालमा नै रहस्यमयी तरिकाले छोराको हत्या गरिएको उनले बताइएन्।

प्रकाशित: १५ आश्विन २०७८ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App