coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२५ औं दिनसम्म पनि उठेन शव, न्याय माग्दै माइती सडकमा

रुपन्देहीमा आफ्नै परिवारले हत्या गरेको आशंका गरिएकी एक महिलाको शव २५ औं दिनसम्म पनि उठन सकेको छैन। तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीय सीता भण्डारी पौड्याल गत भदौ २० गते आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्। सीताका घरपक्षले घटनालाई आत्महत्या भनेको छ। तर माइती पक्षले परिवारले नै मिलेर छोरीको हत्या गरेको भन्दै शव बुझ्न मानेका छैनन्।

सीताका भाइ सुरजले दिदीको हत्या गरिएको भन्दै दोषीलाई कारबाही नहुँदासम्म शव नबुझने बताए। सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ। तर माइती पक्षले भने परिवारले नै छोरीको हत्या गरी राजनीतिक पहँुचका आधारमा आत्महत्याको केश बनाउन खोजेको दावी गर्दै न्याय मागिरहेको छ।

न्यायमा ढिलाइ भएको भन्दै स्थानीय आक्रोशित छन्। सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषीलाई कारबाहीको माग गर्दै दिनहुँ सडक प्रदर्शन गरिरहेका छन्। प्रहरीले सुरुमै घटनाको सत्यतथ्य विश्लेषण नै नगरी हतारमा आत्महत्याको केश भएको दावी गर्ने, पीडित पक्षको उजुरी नै दर्ता नगर्ने जस्ता शंकास्पद गतिविधि गरेपछि अनुसन्धानका लागि  भदौ ३ गते नै सिविआइको टोली रुपन्देही आएको थियो।

गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमामा भएको घटनाका सम्बन्धमा सुरुदेखि नै आफनो  गम्भिर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य छानबिनका लागि प्रहरी र सिविआइको टोली खटाइसकेको बताए। तीन सदस्यीय सिविआइको टोलीले रुपन्देहीमा रहेर छानबिन गरीरहेको र छिट्टै सत्य तथ्य सार्वजनिक हुने गृहमन्त्री खाँणले बताए। अनुसन्धानकै क्रममा भिसेरा जाँचका लागि पठाइएको र रिर्पोट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App