१५ चैत्र २०८० बिहीबार
समाज

सेती अस्पतालमा कोराेनाबाट एकको मृत्यु

फाइल तस्बिर

सेती प्रादेशिक अस्पताल धनगढीमा कोराेना भाइरसकाे संक्रमणले बिहीबार एक जनाको मृत्यु भएको छ। कंचनपुर भीमदत्त नगरपालिका वडा नं ४ का ८४ वर्षीय पुरुषको बिहीबार सेती अस्पतालमा कोराेनाको संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

श्वास प्रश्वासमा समस्या भएपछि उनलाई थप उपचार गर्न महेन्द्रनगरबाट सेती अस्पताल ल्याइएको थियो।अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ८३ जनाको परीक्षण गर्दा २२ जनामा कोराेना संक्रमण देखिएको उनले बताए। सुदूरपश्चिममा कन्ट्रयाक्ट ट्रेसिङ गर्न छोडिएको छ भने परीक्षण पनि न्युन संख्यामा हुने गरेको छ। 

कोराना संक्रमणले जटिल समस्या भएकाहरु मात्र अस्पताल जाने गरेका छन्। सेती प्रादेशिक अस्पतालमा कोराेना संक्रमणका कारण १ जना भेन्टिलेटर र ४ जनाको आईसियुमा भर्ना गरिएको उनको भनाइ छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको सुदूरपश्चिममा अहिले सम्म ४७ हजार १ सय ९० जना संक्रमित देखिएका छन् भने ५ सय ९४ जनाको मृत्यु भएको छ।

प्रकाशित: १४ आश्विन २०७८ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App