८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना

आज बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका स्थान तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भारतको झारखण्ड  र आसपास बनेको न्यून चाचीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ भने  मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ । 

प्रकाशित: १४ आश्विन २०७८ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App