coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राजश्व छलीका सामान पक्राउ

दसैंतिहार नजिकिँदै गर्दा चोरी निकासीका सामान जिल्ला भित्रन थालेको छ। यसै क्रममा उदयपुर प्रहरीले बुधबार विहान बिल बिजक नभएको फलामे तयारी सामग्री सदरमुकाम भित्रिदै गरेको अवस्थामा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट नियन्त्रणमा लिएको छ।  

विहान १० बजे काठमाडौँबाट गाईघाट आउँदै गरेको बा २० च १३९ नं. को पिकप भ्यानमा राखेर ल्याउँदै गरेको फलामबाट निर्मित साजसज्जा (डेकोरेसन)का सामग्रीको बीलबिजक नभएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। लालपत्तास्थित उदयपुर सप्तरीको सीमानाकामा प्रहरी चौकीले गर्ने नियमित चेकजाँचको क्रममा फेला परेको सामान कर छलीको भएको हुनसक्ने भन्दै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।  

प्रहरीले अवाश्यक अनुसन्धानपछि ती सामान करदाता सेवा कार्यालय गाईघाटलाई थप अनुसन्धानका लागि बुझाएको छ। पक्राउ सामानको मूल्य १ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको भएको अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: १३ आश्विन २०७८ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App