८ वैशाख २०८१ शनिबार
समाज

भारतीय नम्बर प्लेटकाे गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीमा भारतीय नम्बर प्लेटकाे गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ।  

जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारीचोकस्थित अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाडौँतर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरसाइकललाई सूर्यबिनायकबाट राधेराधेतर्फ जाँदै गरेको आरजे ०२ जीवी १९१७ भारतीय नं.को १८ चक्के खाली टेलर गाडीले ठक्कर दिँदा सूर्यबिनायक नगरपालिका वडा नं. ३ बालकोटका ४५ वर्षीय मोटरसाईकल चालक गणेश रजौराको मृत्यु भएको हो।

घटनालगतै तत्कालै घटनास्थलमा सल्लाघारीस्थित ड्युटीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगी गम्भीर घाइते भएका गणेश रजौरा र मोटरसाईकलमा पछाडि सवार भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवाललाई उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मोटरसाईकल चालक रजौराको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार मोटरसाईकलमा पछाडि सवार अमृत सिलवाल भने डिस्चार्ज भएका छन्। मोटरसाईकल, टेलर र टेलर चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक बिष्णुहरी फुयाँलको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। तीव्र गति र पानी परिरहेको कारण बाटो चिप्लो भई दुर्घटना भएको खुल्न आएको जनाईएको छ। घटना सम्बन्धमा थपःअनुसन्धान भइरहेको जनाईएको छ।

प्रकाशित: १२ आश्विन २०७८ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App