१५ चैत्र २०८० बिहीबार
समाज

प्रतिक्षालयमा बस कुरिरहेका आमाछोराको ट्रकको ठक्करबाट मृत्यु

रुपन्देहीको सैनामैनामा आज ट्रकको ठक्करबाट आमा र छोराको मृत्यु भएको छ। सैनामैना नगरपालिका बुद्धनगर स्थित पूर्व–पश्चिम राजमार्ग छेउको प्रतिक्षालयमा बस पर्खेर बसीरहेका आमा छोरालाई ट्रकले ठक्कर दिएको हो।  

पश्चिमबाट बुटवल आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा सैनामैना ५ बुद्धनगरकी ४२ वर्षीय राधा भट्टराई र उनका छोरा २१ वर्षका महेश भट्टराईको मृत्यु भएको हो।  

स्थानीयका अनुसार सडक छेउको प्रतिक्षालयमा कलेज बस कुरेर बसेका बेला तीव्र गतिमा हुइँकिंदै आएको ट्रकले आमा छोरालाई ठक्कर दिएको थियो। कलेज जाने छोरालाई आमाले बाटोसम्म छोड्न आएको स्थानीयले बताएका छन्। राजमार्गमा ठूल्ठूला खाल्डा रहेको र तीव्र गतिको ट्रकले तिनै खाल्डा छल्ने क्रममा बत्तिदै गएर सडक छेउमा उभिएका आमा छोरालाई ठक्कर दिएको बुद्धनगर चोकका स्थानीयले बताएका छन्।  

ट्रकको ठक्करबाट गम्भिर घाइते दुवै जनालाई उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक चितवनका धनराज गिरी प्रहरी नियन्त्रणमा छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७८ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App