coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रवीन्द्र मिश्रले पार्टीलाई दिए पुस्तकको रोयल्टी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट हालसम्म प्राप्त ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ रोयल्टी विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्। 

गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त रोयल्टी उनले विवेकशील साझा पार्टीलाई दिने बताएका थिए। लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको १२ लाख रुपैयाँ रोयल्टी चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए।

कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७,५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका निरज भारीले बताए। ‘यो पुस्तक बजारका लागि खुसीको विषय हो। 

हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने। निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवं देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरूको संग्रह हो, ‘राजनीतिसँगै राजकाज’।

प्रकाशित: १२ आश्विन २०७८ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App